arrow

'देश विकासको डीपीआर' सहित नयाँ दल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
resham-chaudhharis.jpg

काठमाडौँ। पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने 'डिपीआर' (विस्तृत परियोजना प्रतिवेदन) सहित आफू राजनीतिमा होमिएको बताएका छन्।

'नागरिक उन्मुक्ति पार्टी, नेपाल' नामक राजनीतिक दल दर्ताको पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले आफ्नो लामो कारागार बसाइलाई 'राजनीतिक विश्वविद्यालय' को संज्ञा दिए।

उनले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर अब लागू गर्दै अघि बढ्ने बताएका छन्। चौधरीले जनताले गरेका इच्छा, आकांक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गरे।

उनले राजनीतिमा परिवारभन्दा पहिला जनता र त्यसपछि देश हुने धारणा व्यक्त गरे। उनले भने, "८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो।" नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको र जनताको आकांक्षा र अपेक्षा पूरा गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ