arrow

मधेस सरकार गठनमा विलम्ब, प्रदेश प्रमुखलाई तत्काल सरकार गठनको आह्वान गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
sonal-.jpg

काठमाडौँ। मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ राजनीतिक दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई भेटेर तत्काल बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।

मुख्यमन्त्री सोनलले राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि पहल नगरेको भन्दै सोनल नेतृत्वको समूहले विपक्षी दल नेपाली कांग्रेसलाई समेत साथमा लिएर यो पहल थालेको हो।

कार्यवाहक मुख्यमन्त्री सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह प्रदेश प्रमुख भण्डारीसँग भेट गर्न पुगेका थिए। उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गरे।

कार्यवाहक मुख्यमन्त्री सोनलका अनुसार हाल १०७ सदस्यीय प्रदेशसभामा करिब ८५ सांसदले उनीहरूको गठबन्धनको पक्षमा समर्थन जनाएकाले नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत रहेको दाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ