arrow

नाटकीय घटनाक्रम

मधेसका मुख्यमन्त्रीको सपथ 'जंगलको कटेज' मा

तीन विना विभागीय मन्त्री नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
madhesh-oath.jpg

काठमाडौं। मधेस प्रदेशको राजनीतिमा नाटकीय घटनाक्रमका साथ नवनियुक्त मुख्यमन्त्री नेकपा एमालेका सरोजकुमार यादवले सामान्यतः प्रदेश प्रमुखको कार्यालयमा हुने सपथग्रहण समारोहभन्दा फरक स्थानमा सपथ लिएका छन्। 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेज मा मुख्यमन्त्रीको सपथ खुवाएकी हुन्।

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान करिब ४ बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू बिरामी भएको भन्दै काठमाडौँका लागि हिँडेको बताएकी थिइन्। 

एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले यात्राकै क्रममा बाटोमा एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री यादवले लगत्तै तीन जना विना विभागीय मन्त्री नियुक्त गरेका छन्। नेपाल समाजवाद पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका हुन्।


यस अप्रत्याशित सपथग्रहण प्रक्रियालाई लिएर राजनीतिक वृत्तमा र सामाजिक सञ्जालमा प्रदेश प्रमुख र एमालेको व्यापक विरोध भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ