arrow

मधेसमा राजनीतिक तनाव, प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
madhesh-pradesh-tanab.jpg

जनकपुर । मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । 

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपालगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।

उनीहरूले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमलालगायतका सजावटका सामान तोडफोड गरेका छन् ।

सो क्रममा उनीहरूले प्रदेश प्रमुख मुर्दावाद, एकलौटी गर्न पाइँदैनलगायतका नारासमेत लगाएका छन् ।

अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । 

मधेस भवन बाहिर भने जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, जनमतलगायतका सात दलीय गठबन्धनका नेता कार्यकर्ता टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ