एजेन्सी । बलिउड निर्देशक राजकुमार हिरानीले मुन्ना भाई सीरीजको तेस्रो चलचित्र 'मुन्नाभाई ३' बनाउने भएका छन् । उनले चलचित्रमा संजय दत्त र अरशद वारसी मुख्य भूमिकामा रहने बताए । हिरानी हालै रणबीर कपूरसँग संजय दत्तको बायोपिक चलचित्र बनाउनमा व्यस्त रहेका छन् । चलचित्रको सुटिंग जुन सम्ममा सकिने बताइएको छ ।
संजय दत्तको जिवनी रिलिज भएसँगै हिरानी 'मुन्नाभाई ३' बनाउन तर्फ लाग्नेछन् । मुन्नाभाई सीरीजको पहिलो चलचित्र २००३ डिसेम्बर मा रिलीज भएको थियो । साथै त्यसको तीन बर्ष पछि 'लगे रहो मुन्ना भाई' रिलिज भयो । राजकुमार हिरानीले धेरै पहिले देखि चलचित्र बनाउने बताउदै आएका थिए । भारतिय एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले मुन्नाभाई सीरीजको लागि पाँच अधूरा स्क्रिप्ट रहेको बताएका छन् ।
हिरानीले भने , 'चलचित्र बनाउनको लागि म ती स्क्रिप्टबाट कुनै एकलाई छान्न सक्छु तर म त्यस्तो स्क्रिप्ट चहान्न जुन अघिल्लो दुई चलचित्र भन्दा राम्रो नहोस् । ' हिरानीले अहिले उनि संजय दत्तको जीवनमा आधारित चलचित्रमा व्यस्त रहेकव बताए । उनका लेखक-मित्र अभिजात जोशी 'मुन्ना भाई ३' को स्क्रिप्टमा काम सुरू गर्ने बाला रहेको समेत उनले सुनाए।