जनकपुर। मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा शपथ ग्रहण गराएकी थिइन्।
शपथग्रहणको यो कार्यशैलीलाई लिएर दिनभर मधेस प्रदेशभर उनको आलोचना भइरहेको थियो।