मधेसका मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको सर्वोच्चको ठहर, काम गर्न रोक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
1.1k
Shares
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गरेको छ । सर्वोच्चले हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्दै मधेस प्रदेशलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न रोक लगाएको छ ।
एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै प्रश्न उठेको र व्याख्या गर्नुपर्ने प्रश्न उठेको भन्दै
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पहिलो सुनुवाइ गर्दै होटलमा नियुक्त भएका यादवलाई काम गर्न रोक लगाएको हो ।
आजै मधेस प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै एमाले बाहेकका ७४ सांसदले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । उक्त रिटको पेसी बुधबार रहेको छ ।