arrow

डीएसपीको पेस्तोल हराएको वा खोसिएको भन्नेबारे अन्योल, सत्य खुल्न छानविन प्रतिवेदन कुर्नैपर्छ :एआईजी

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
pistol.jpg.jpeg
काठमाडौं । कीर्तिपुरको चाल्नाखेलमा प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाबहादुर केसीको कम्बरबाटै हतियार हराएकोबारे छानविन गर्न समिति गठन भएको छ । कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्याँस रिफिलिङ सेन्टरमा स्थानिय र प्रहरीबीच भएको झडपका क्रममा हराएको पेस्तोलबारे छानविन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाको निर्देशनमा डीआईजी मधु पुडासैनीको नेतृत्वमा छानविन समिति गठन भएको छ । 
 
समितिमा पुडासैनीसहित एसएसपी सर्वेन्द्र खनाल र एसपी विश्वराज पोख्रेल छन् । समितिलाई छानविन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको एआईजी थापाले हाम्रा कुरालाई जानकारी दिए । थापाले भने,‘पेस्तोल हराएको र खोसिएको भन्ने दुबै तथ्य सुन्नमा आएको छ, के भएको हो भन्ने प्रतिवेदन आएपछि मात्रै भन्न सक्छु ।’ प्रतिवेदन आएपछि मात्रै सत्य थाह हुन्छ । हतियार हराएको जानकारी आफु कहाँ आएको बताउँदै थापाले संचार सेट भने नहराएको बताए । उनले भने,‘केसी जीको साथबाट हतियार र त्यसमा भरिएको सात राउण्ड गोली मात्रै हराएको जानकारी आएको छ ।’ संचार सेट हराएको होइन । 
 
मंगलबार ग्याँस वितरणको विषयमा विवादभएपछि स्थानीयले तोडफोड गर्दा झडप भएको थियो । झडपकैबीचमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी केसीको साथमा रहेको २२०२४१७ नम्बरको चाइनिज पेस्तोल, त्यसमा रहेको सात राउण्ड गोली, म्यागजिन हराएको थियो । केही संचार माध्यमले मोटोरोलाको  ‘९४९ टीकेएन ००४०’ नम्बरको वाकिकटी सेट हराएको र अझै नभेटिएको खबर प्रकाशन–प्रसारण गरेका थिए । 
 
हराएको र खोसिएको भनिएको लोडेड पेस्तोलको व्यापक खोजी भएपनि भेटिएको छैन । एआईजी थापाले आफुले समिति बनाउन निर्देशमात्रै गरेको र यो विषय जिल्लाको भएकाले महानगरीय अपराध महाशाखाले हेर्ने बताए । घटनाबारे काठमाडौं जिल्ला प्रमुख अर्थात सीडीओ रामकृष्ण सुवेदीले अपराध महाशाखाका एसएसपी विक्रम सिंह थापा, डिएसपी केसी र एभरेष्ट ग्यास उद्योगका म्यानेजर गोपाल धितालसँग सोधपुछ गरेका छन् । सुवेदीले आफ्नो कार्यकक्षमै डाकेर उनीहरुसँग सोधपुछ गरेर खोजी कार्यलाई तिव्रता दिन भनेका छन् । मंगलबार भएको झडपको समयमा ६० जना प्रहरीलाई सय बढी स्थानीयले दुङगामुढा गरेका थिए । दोहोरो झडपमा हराएको वाकीटाकी सेट भने केही समयपछी फेला परेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ