arrow

सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
NEA-headoffice-Bulding.jpeg

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल उद्योगले आफूले उपभोग गरेको बिजुलीको बक्यौता रकम बुझाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि सोही दिनदेखि काटिएको लाइनबाट विद्युत् आपूर्ति सुरु गरिएको छ।

उक्त उद्योगको कुल रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकोमा पहिलो किस्ता दाखिला भएको हो। प्राधिकरणले उद्योगको बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ