काठमाडौँ । रेशम चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले मान्यता पाएको छ ।
रेशम चौधरी, कबिर सोप लगायतकाले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन् ।
यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन् । रञ्जिता उनकै श्रीमती हुन् ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खान छन् । दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताए ।