arrow

मुलुकलाई भट्टराई जस्ता नेताको खाँचो छ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Oli.jpg.jpeg
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त नेता भट्टराईले देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढेको स्मरण गर्दै भट्टराई जस्ता नेता मुलुकका लागि खाँचो रहेको बताएका  छन् ।  नेपाली काँग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै अोलीले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताए । 
 
प्रधानमन्त्रीले आम नेपालीलाई साथमा लिएर राजनीतिक दल दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने बताए । लोकतन्त्रलाई संस्थागत गर्न र देश विकासलाई गति दिन सरकारले अहम् भूमिका खेलिरहेको बताउँदै  गम्भीर रुपमा कूटनीतिक पहल अगाडि बढिरहेकाले छिट्टै नाकाबन्दी खुल्ने विश्वास व्यक्त रहेको जिकिर गरे  । 
 
 नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सन्त नेता भट्टराईको जीवनीबारे प्रकाश पारेका थिए  । नेता भट्टराईको पालामा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन समेत भएको स्मरण गर्दै देउवाले भट्टराई नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा स्थापित भएको बताए । प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ