arrow

बिष्टका चार हत्यारालाई जन्मकैदको फैसला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
crime-final-everytime-use.jpg

दशरथचन्द । बैतडीको पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए । 

हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

यस्तै अर्का एक १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको सूचना अधिकारी जोशीले बताए । गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । 

असार ३ गते वीरभानको शव सो स्थानमा फेला परेको थियो ।

विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पपक्षका लागि कारागार चलान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ