मुख्यमन्त्री सहभागी भएपछि सात दलले गरे सर्वदलीय बैठक बहिष्कार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
1k
Shares
काठमाडौँ । मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन्।
प्रदेश प्रमुख लाभले आज आह्वान गरेको सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन्।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले वर्तमान मुख्यमन्त्री असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका व्यक्ति भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको बताए।
प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए।