arrow

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
women-vollyball.jpg.jpeg
काठमाडौँ। राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । नयाँ बसपार्कमा आज भएको लिग चरणको अन्तिम खेलमा एपिएफले न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको हो । प्रतियोगितामा ५१ अङ्क जोडेको एपिएफले न्यू डायमन्डलाई २५–२०, २५–२२ र २५–१० को सेटमा पराजित गरेको हो । 
 
खेलको पहिलो सेटमा न्यू डायमन्डले एपिएफलाई १५–१६ ले पराजित गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । उपाधिसँगै रु एपिएफले भने रु दुई लाख ६० हजार प्राप्त गर्‍यो । त्यस्तै, प्रतियोगितामा उपविजेतामा सीमित बनेको न्यू डायमन्डले रु एक लाख ३० हजार प्राप्त गर्‍यो । सोही स्थानमा आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहन सफल भयो । पश्चिमाञ्चलले रु ७० हजार प्राप्त गर्‍यो । 
 
त्यसैगरी, चौथो स्थानमा रहेको प्रहरीले भने रु ४० हजार प्राप्त गर्‍यो । ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता गत मङ्सिर १९ गतेदेखि सञ्चालन भएको भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ