arrow

देशको संकट हटाउन सरकार गम्भीर नरहेको उदयसमशेर राणाको आरोप

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
arunsamsher.jpg.jpeg
गणेश खनाल, रुकुम  । अहिले देशमा भईरहेको संकट हटाउन सरकारले कुनै पहल नगरेका  नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष तथा सासंद उदयसमशेर राणाले आरोप लगाएका छन । मधेसी मोर्चाले गरिरहेको आन्दोलन र भारतको नाकाबन्दीले देशमा ठुलो समस्या भईरहेको बेला अहिलेको सरकारले भाषण मात्र गर्ने गरेको र नाका खुल्लाउन कुरामा गम्भीर नरहेका   बताएका हुन ।  
 
टुडिखेलमा गएर भाषण गरेरमात्र देशमा उत्पन्न  समस्या समधान नहुने उनीको भनाई रहेको थियो । नेपाल तरुण दल रुकुमले आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाली कांग्रेसको दायित्व र आसन्न महाधिसन युवाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । सरकारले कुनैतिक रुपमा नाका खुलाउन प्रयास नगर्दा नागरिकहरुले यस्तो समस्या भोग्न बाँध्य भएको  अध्यक्ष राणाले बताए ।
 
आफनो पार्टी नेतृत्वको सरकारले गठन गरेको पुनःनिर्माण  विधेयक अगाडि नबढाउँदा  भुकम्प पिडितले राहत पाउन ढिलाएको बताएका छन  । त्यस्नै कार्यक्रममा नेपालको मध्यपश्मिाअञ्चलका सवै जिल्लामा पर्यटन विकासका लागि धेरै सम्भावना भएको तर सवै जिल्लामा पर्यटन भित्रयाउन सरकारले पहल नगरेको बताउनु भयो । विदेशि पर्यटन कास्कीको पोखरा सम्म आएपनि सवै जिल्लामा राम्रो तथा भरपर्दो सडक विस्तार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक विचबाटोबाट नै फर्किनु पर्ने बाध्य भएको उहाँ बताउनुभयो ।
 
दश बर्षसम्म चलेको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित राप्तीलाई युद्ध पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित रुकुमबाट ‘गुरिल्ला ट्रेक’को शुरुवात भएकोमा खुसि व्यक्त गर्दै उहाँले यसमा सरकारले सक्दो सहयो गर्नु पर्ने बताउनु भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ