arrow

सभामुख मण्डल पदमुक्त, महाभियोग प्रस्ताव दुई तिहाइले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
mandal-sabamukh.jpg

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। गत बिहीबार मधेस प्रदेशका सात राजनीतिक दलका ६४ जना सांसदहरूले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका थिए। 

महाभियोगमाथि बुधबार बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात् मत विभाजन गरिएको थियो। महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा शून्य मत परेको थियो। बैठकमा कूल उपस्थित सांसदहरूको सङ्ख्या ७८ रहेको थियो।

उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त सङ्ख्या प्रदेश सभाको दुई तिहाइ रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन्।

प्रदेश सभा बैठक आज बस्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ