arrow

आठ प्रदेशमा सहमति हुने गरी मिलन विन्दु खोज्छौं : दाहाल

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
pdahal.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस समस्या समाधान आफुहरुले मात्रै गर्न सक्ने जिकिर गरेका छन् । केन्द्रीय समिति बैठकको निष्कर्षबारे जानकारी दिन पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दाहालले मधेस समस्या समाधानको जिम्मा आफुहरुकै काँधमा रहेको बताएका हुन् । एमाओवादीले प्रस्ताव गरेको आठ प्रदेशमै सहमति हुनेगरी मिलनविन्दू खोजिने दाहालको भनाई छ ।
 
मंसिर १५ गते देखि सुरु एमाओवादी केन्द्रीय समिति बैठक मंगलबार मात्रै सकिएको थियो । एमाओवादीकै कारण संघीयताको विवाद बढेको र मधेस समस्या निम्तिएको आरोप लागिरहेका बेला दाहाल मधेस मनाउने मनसायमा पुगेका छन् । ओली सरकारमा पार्टीको सहभागितापछी गुप–चुप भएका दाहालले बाबुराम भट्टराईको बहिर्गमन भट्टराई स्वयंका लागि नोक्सानी हो–भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ