arrow

नेतृत्वले केन्द्रमा नराख्दा जनता गरिब भइराखे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
santosh-pariyar-82-8-7p.jpg

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकताबद्ध नभए देश जनताको नरहन सक्ने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सधैँ गरिब भइरहनुको कारण नेतृत्व वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताए । 

संकटको घडीमा सबै एक हुनुपर्ने उनले बताए । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताए । अग्रजको अनुभव, जेन–जी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘हामी सधैँ किन गरिब भइरहन्र्छौँ भन्दा हाम्रा नेतृत्व गर्नेहरु, राजनीति गर्नेहरुले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ । संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रुपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौँ । तसर्थ अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’

अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ