- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् केन्याविरुद्धको खेलका लागि २४ खेलाडी छनोट भएका छन् । विहिबार प्रतियोगिताको तयारी टोली घोषणा भएको हो । पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन छनोट छन् ।
यस्तै, शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने पनि २४ जनाको टोलीमा अटाएका छन् । छनोट भएका खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिने बताइएको छ । २४ जनाको वन्द प्रक्षिणबाट १४ खेलाडी छानिने छन् । ५२ जना सहभागिलाई चार समूहमा विभाजन गरी सुपरलिगबाट २४ खेलाडी छनोट भएका हुन् ।