बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूको धर्ना [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
894
Shares
काठमाडौँ। बचत तथा ऋण सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरूले आफ्नो रकम फिर्ताको माग गर्दै आज पनि धर्ना जारी राखेका छन्।
सहकारी पीडितहरूले काठमाडौँको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन्। गत शुक्रबारदेखि धर्नामा बस्दै आएका पीडितहरूले सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्। उनीहरूले ‘सहकारी बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’ र ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन्।
आन्दोलनरत पीडितहरूले आफूहरू रहरले नभई दुःख गरी कमाएर भविष्यका लागि राखेको बचत फिर्ताको लागि आन्दोलनमा आउनुपरेको बताए। एक पीडितले राज्यले आफूहरूको पीडा नसुनिदिएको दुखेसो पोख्दै बचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।