arrow

सिन्धुपाल्चोकमा चिसोले आठ जनाको मृत्यु

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
pdit.JPG.jpeg
सिन्धुपाल्चोक । कठ्याङग्रीदो चिसोले सिन्धुपाल्चोकको एकै गाविसमा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु भूकम्प पीडित हुन् । पीडितका अस्थायी टहरामा छिरेको चिसो नै मृत्युको कारण बन्यो । टहराको छानाबाट शीत चुहिने र स्याँठ छिर्ने भएकै कारण पीडितहरु कठ्याङग्रीएका हुन् ।
 
चिसोले पछिल्लो एक महिनामा ठोकर्पा गाविसमै आठ वृद्धवृद्धाको मृत्यु भएको छ । छिल्लो २० दिनबीचमा चार र त्यसअघिको १२ दिनबीचमा तीन बृद्धबृद्धाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेहरु पिछडिएका पहरी समुदायका मात्र चार जना छन् ।
 
मृतकमध्ये ६ जना दम, खोकीका दीर्घ रोगी थिए । बढ्दो चिसो सहन नसक्दा ठोकर्पा–१ का एक पहरी बृद्ध, २ नम्बर वडाको पहरी गाउँका तीन र सोही ठाउँमा अन्य तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरु ५८ देखि ७० उमेर समूहका रहेको ठोकर्पा गाविस सचिव रामबहादुर न्यौपानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ