arrow

मधेस प्रदेश

मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
saroj-yadhav-new.jpg

काठमाडौँ  । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्ने भएको छ। सोमबार बेलुका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले यो परमादेश जारी गरेको हो।

सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषय यथाशीघ्र टुङ्गो लगाउनका लागि आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेस गर्न निर्देशन दिएको छ। यदि विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्न पनि आदेशमा भनिएको छ।

यो विवाद गएको कात्तिक २४ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै रिट निवेदन दायर गरिएपछि सुरु भएको थियो। रिट निवेदक अर्जुन साहले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ को प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति गर्ने निर्णय बदरको माग गरेका थिए। मुख्यमन्त्री यादवको नियुक्ति गैर संवैधानिक भएको तर्क गर्दै उनको नियुक्त बदरको माग गर्दै मधेस प्रदेशका ७३ जना सांसदहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ