arrow

मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
saroj-yadhav-press-meet.jpg

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले बुधबार दिउँसो मधेस प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । 

उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी काम गरेकोले केही ढिलो हुन गएको बताए । 

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले बुधबार विश्वासको मत लिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए । उनले विभिन्न दलहरूसँग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै शंका नरहेको बताए ।

सोमबार बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ