-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम् समर्थन मूल्य तोकेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो ।
मोटो धानको मूल्य प्रति क्विन्टल चार हजार रुपैयाँ तय गरिएको छ ।
यस्तै, मध्यम धानको न्यूनतम् मूल्य चार हजार दुई सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, चैत्रे धानका लागि सरकारले प्रतिक्वीन्टल तीन हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।
सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।