विश्वासको मत लिने कार्यसूची हुँदाहुँदै मुख्यमन्त्री अनुपस्थित, मधेश प्रदेश सभा बैठक स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
833
Shares
काठमाडौँ । मधेश प्रदेश सभा बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री सरोज कुमार यादवले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको भए तापनि मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका कारण उपसभामुख बबिता कुमारी राउत इसरले बैठक स्थगित भएको घोषणा गरेकी हुन्।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सोहीअनुसार, हिजो मङ्गलबार मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमार्फत आफूले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए।
बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भए पनि मुख्यमन्त्री यादव अनुपस्थित रहेका थिए।