इस्लामावाद । पाकिस्तानी तीन क्रिकेट खेलाडीहरु म्याच फिक्सिङको फन्दामा परेका छन् । मोहम्मद इर्फान, जुल्फिकर बाबर र शहजैब हसनलाई पाकिस्तानी भ्रष्टाचार विरुद्धको संस्थाले सुपर लिगका क्रममा भ्रष्टाचार भएको शंका गरेको छ ।
सर्जिल खाना र खालिद लतिफलाई भने निलम्बन नगरिएको पनि जनाइएको छ ।
पाकिस्तानी सुपर लिगका प्रमुख नजम सेथीले पनि यसबारेमा पुष्टि गरेका छन् ।
पाकिस्तानी पूर्व क्रिकेटर सोइब अक्तर भने आक्रोश पोखेका छन् ।
उनले खेलाडीहरु म्याच फिक्सिङको मिलेमतोमा परेको हुनसक्नेबारे भइरहेको छानबिनबारे प्रतिक्रिया दिंदै भनेका छन् –यस्तो त हुनै थियो ।