arrow

राष्ट्रपतिमाथी जनकपुरमा भएको दुर्व्यवहारप्रति कांग्रेस नेतृ सुजाता आक्रोशित

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
sujata-koirala.jpg.jpeg
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको दुव्यवहारप्रति नेपाली कांग्रेस विदेश विभागले गंभिर आपत्ती जनाएको छ। कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालादारा जारी विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति जनकपुरमा गरिएको दुर्व्यवहार र लगाइएको लान्छानाप्रति नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध बिभागको गंभिर ध्यानाकर्षण भएको जनाइएको छ। 
 
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनु भएकी कोइरालाले राष्ट्रपति जस्तो गरिमा बोकेको व्यक्तिप्रति जनकपुरमा गरेको व्यवहार असभ्य र सामन्ती सोचको उपज रहेको बताउनु भयो। 
 
कोइरालाले भन्नुभयो 'यो घटनालाई सबै महिलाहरुले आफुप्रति गरीएको अपमानका रुपमा बुझेका छन् , नेपाली कांग्रेस यस घटनाको निन्दा र भर्सना गर्दछ ।' 
 
बिवाह पञ्चमीका दिन जसरी जनकपुरमा राष्ट्रपति माथी गाली गलौज र राष्ट्रपति फर्केपछि सुद्धिकरणका नाममा भएको कर्म सभ्य समाजलाई सुहाउने कुरा हैन कोइराला द्धारा जारी विज्ञप्तीमा भनीएको छ । यस्तो घटनामा जो कोहि भएपनि कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कार्वाहि गर्न कोइरालाले सरकारसंग माग गर्नु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ