arrow

चिसोले भूकम्पपीडितको बिचल्ली

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
solukhumbu_district_map-230x300.jpg.jpeg
सोलुखुम्बु । सोलुखुम्बुका भूकम्पपीडित चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।  इलाका नं ९ मा रहेको चौलाखर्क गाविसका शतप्रतिशत तथा भकाञ्जे र गोली गाविसका ९५ प्रतिशतभन्दा बढी घर पूर्णक्षति भएको सो ठाउँका एकाधबाहेक सबै घरपरिवार त्रिपाल, चित्रा तथा केही जस्ताले बनाइएका टहरामा बस्दै आएका छन् । 

आफूहरु सबैलाई पछिल्लो केही दिनदेखि बढेको चिसोका कारण अत्यन्तै समस्या भएको चौलाखर्कका नेत्रबहादुर बस्नेतले बताए । बुद्ध मावि गोलीका शिक्षक उद्धव बस्नेतका अनुसार चिसोले बालबालिका बिरामी परेर विद्यालय आउनेको सङ्ख्या पनि आधा कम भएको छ । 

केही पीडितले घर बनाउन थालेको भए पनि धेरैले सरकारको सहयोग पर्खिरहेको भकाञ्जेका दावा शेर्पाले बताए । “सरकारकै ‘डिजाइन’मा घर बनाउनुपर्छ, अनि मात्र राहत पाइन्छ भन्छन्, डिजाइन आएपछि घर बनाउँ भनेको चिसोले मार्न लाग्यो”–शेर्पाले भने । 

सरकारले न्यानो कपडाका लागि रकम दिने भनेपनि अहिलेसम्म नपाएको चौलाखर्कमा अन्जली विकले बताए । त्रिपाल तथा जस्ताले छाएका टहरामा रातको समयमा शीत परेर भिज्ने गरेको र चिसोका कारण त्यहाँका बासिन्दाले निकै कठिन जीवनयापन गरिरहेको भकाञ्जेका शिक्षक ल्हाक्पा शेर्पाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ