arrow

तात्दै कांग्रेस महाधिवेशन

कांग्रेस नेतृत्वलाई सुनील शर्माको अल्टिमेटम: सम्मानजनक पद नपाए छुट्टै प्यानल बनाउने चेतावनी [भिडियो]

सहमहामन्त्रीमा दावेदारी, नदिए विद्रोहको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
sunil-sharma-09-05.jpg

काठमाडौँ| नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले आगामी १५औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदको सशक्त दाबेदार रहेको घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी नेतृत्वले आफ्नो दाबीलाई बेवास्ता गरे महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिने र आवश्यक परे विद्रोह गर्ने चेतावनी दिएका हुन्।

डा. शेखर कोइराला पक्षमा रहेका शर्माले आफू 'तलबाट माथि आएको नेता' भएको दाबी गर्दै महाधिवेशनमा सम्मानजनक स्थान पाउनुपर्ने बताए। "म अहिले सम्म डा. शेखर कोइराला पक्षकै मान्छे हुँ," उनले भने, "सहमहामन्त्री मेरो स्वभाविक दाबी हो। यदि नेतृत्वले दोस्रो तहका नेताहरूलाई दमन गर्न खोज्यो भने छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिन तयार छु।" उनले सहमहामन्त्री नपाए महामन्त्री वा उपसभापतिमा लड्ने र त्यसमा पनि अवरोध भए 'स्वच्छ छवि' भएको नयाँ उम्मेदवार उठाएर नेतृत्वलाई चुनौती दिने उद्घोष गरे।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले हालै मात्र १५औँ महाधिवेशन आगामी माघ २६ देखि २८ गतेसम्म गर्ने सर्वसम्मत निर्णय गरेको पृष्ठभूमिमा शर्माको यो अभिव्यक्तिले कांग्रेसभित्र नयाँ तरङ्ग पैदा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ