arrow
ADVERTISEMENT

मन्त्रालय टुंगो नलगाई चार मन्त्री थपिँदै

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
singha_durbar.jpg.jpeg
काठमाडौं । ६ उपप्रधानमन्त्री बनाएर आलोचित भईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप चार मन्त्री थप्दैछन् । कुनै पनि मन्त्रालय टुंगो नलगाई उनले साँझ थपिन लागोक नयाँ मन्त्रीहरुलाई सपथ खुवाउँदैछन् ।

थपिने मन्त्रीहरुमा राप्रपाका तर्फबाट दीपक बोहोरा, नेपाल परिवार दलका तर्फबाट एकनाथ ढकाल, समाजवादी जनता पार्टीबाट प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका तर्फबाट शिवलाल थापा रहेका छन् ।

सरकारमा सहभागी हुने मन्त्रीहरुलाई साँझ ५ बजे पद तथा गोपनियताको शपथ गराउने तयारी प्रधानमन्त्रीको छ । स्रोतका अनुसार मन्त्रीहरुलाई मन्त्रालय दिनकै लागि केही मन्त्रालयलाई फुटाउने तयारीमा सरकार जुटेको छ । अरु दलसँगै आफ्नो दल एमालेबाट पनि मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ