arrow

वीरगञ्ज नाकाबाट आयातमा १७ प्रतिशतको वृद्धि

पाँच महिनामै साढे तीन खर्बको सामान भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
dry-port-birjung.jpg

पर्सा । मुलुकको मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाका हुँदै कुल तीन खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान आयात भएका छन्।

यो तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँले बढी हो। गत वर्षको पहिलो पाँच महिनामा तीन खर्ब छ अर्ब एक करोड रुपैयाँ बराबरका सामान भित्रिएका थिए। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार आयातमा भएको यस वृद्धिले राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पारेको छ।

आयातित वस्तुहरूको सूचीमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। पाँच महिनाको अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। यसैगरी, ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री, २४ अर्ब ६० करोडको मेसिनरी तथा पार्टपुर्जा र २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ