प्रतिनिधि सभा निर्वाचन फागुन २१ मै हुनुपर्छ : सीके राउत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
2.1k
Shares
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त सीके राउतले फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरूआतदेखि नै गर्दै आएको बताए ।
उनले जेन-जी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताए ।
भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकारको कदमलाई सकारात्मक रुपले हेरेको छ । निर्वाचनमा भाग लिने शुरूआतदेखि नै निर्णय गरिसकेका छौँ । फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्म जुन थियो, त्यसको कदर हुनुपर्छ । नयाँ जनादेश लिनुपर्छ । हामी निर्वाचनको पक्षमा छौँ। मूल रुपमा भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै होइन, समाजमा नै अराजकताको स्थिति छ, त्यसको सामना गर्ने विषयमा सरकारसँग कुरा भएको छ ।’
उनले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरूले सरकारसँग चासो राखेको बताए ।