arrow

बोर्नमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
ManCity_Bornmouth.jpeg
एजेन्सी। प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी बोर्नमाउथलाई २-०ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। 
 
खेलको २९औ मिनेटमा रहिम स्टर्लिङको गोलको मदतले १-० गोलको अग्रता लिंदै सिटीले आफ्नो दबदबा कायम गरेको थियो। खेल अवधी भर ६२% बल आफ्नो नियन्त्रणमा राखेको सिटीले केही राम्रा आक्रमणहरु गरेको थियो। राम्रा आक्रमणहरुलाई थप गोलमा भने परिणत गर्न सकेको थिएन। 
 
खेलको ६९औं मिनेटमा बोर्नमाउथका टाइरोन मिङ्ग्सले आत्मघाती गोल गर्दा सिटी २-०ले बिजयी भएको हो। प्रिमियर लिगको अंक तालिकामा चेल्सी २५ खेलबाट ६० अंक सहित पहिलो स्थानमा रहेको छ भने टोटेनहम २५ खेल बाटै ५० अंक सहित तेस्रो स्थानमा रहेको छ। 



नयाँ