arrow

रक्षा क्षेत्रमा इजरायलको महालगानी: एक सय १० अर्ब डलर खर्चेर आफ्नै हतियार बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
Benjamin-netanyahu.jpg

काठमाडौँ । इजरायलले आगामी दश वर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी एक दशकका लागि उक्त रकम लगानी गर्ने जानकारी दिए।

देशको दक्षिणी क्षेत्रमा रहेको एक हवाई अड्डामा आयोजित सैन्य समारोहमा बोल्दै नेतान्याहुले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकका लागि कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको बताए।

सम्बोधनका क्रममा उनले इजरायल अब हतियारका लागि कुनै पनि पक्ष वा साथी राष्ट्रहरूसँगको निर्भरता कम गर्न चाहने प्रष्ट पारे। रक्षा उद्योगका उत्कृष्ट दिमागहरूले यस्ता हतियार प्रणाली विकास गर्न कडा मिहिनेत गरिरहेको र यसले भविष्यको युद्धभूमिमा इजरायलको सुरक्षा र रणनीतिक लाभको ग्यारेन्टी गर्ने उनले दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ