arrow

चुरे भावर पार्टीको राष्ट्रिय सम्मेलन पुस अनितम साता, केही पदाधिकारीलाई निष्काशन

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
chure-bhawar.jpg.jpeg
काठमाडौं, । चुरे भावर क्षेत्रमा आन्दोलन गर्दै आएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो संघर्षलाई थप सशक्त बनाउन राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।काठमाडौंमा बसेको हाइकमान्डिङको बैठकपछि अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा आज (बिहीबार) जारी विज्ञप्तिअनुसार सर्लाहीको हरिवनमा पुसको २५ र २६ गते राष्ट्रिय कार्यकर्ता भेला हुने भएको हो । भेलाका लागि सर्लाही जिल्ला कार्यसमिति र केन्द्रीय पदाधिकारीलाई जिम्मेवारी तोकिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
 
सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न र चुरे भावर क्षेत्र समेटेर चुरे भावर प्रदेश कायम गराउनका लागि दबाव दिन बिगत एक महिनाभन्दा बढी समयदेखि चुरे भावर क्षेत्रमा सो पार्टीले आन्दोलन गर्दै आएको छ ।आन्दोलनलाई बेवास्ता गरेर हिँडेको भन्दै चुरे भावर पार्टीले आफ्ना केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । ‘पार्टी निर्णय र निर्देशन विपरित आन्दोलनमा सहभागी नभइ गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिँदै आएका केही केन्द्रीय पदाधिकारीहरू पार्टीको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
 
कारबाहीमा पर्नेहरूमा उपाध्यक्ष कमलप्रसाद चुँडाल, महासचिव कुमारप्रसाद भण्डारी र कोषाध्यक्ष यूवराज चापागाइँ रहेका छन् । केही केन्द्रीय सदस्यलाई पनि कारबाही गरेको न्यौपानेले बताउनुभयो । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको घटनाको निन्दा एवम् भत्र्सना गरेको छ । अध्यक्ष न्यौपानले सो घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा छिटो ल्याउन माग गर्नुभएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ