arrow

तराई आन्दोलनमा प्रहरीले ज्यादती गरेको भन्ने भनाई गलत हो : प्रहरी महानिरीक्षक अर्याल

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
umakanta.jpg.jpeg
शरद रेग्मी,दाङ । नेपाल प्रहरीका महानिरिक्षक  उपेन्द्र कान्त अर्यालले तराई आन्दोलनमा  प्रहरीले ज्यादती तथा  बल प्रयोग गरेको भन्ने भनाई गलत भएको बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज विहीवार दाङको घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरीको शान्ति सुरक्षा गर्ने र्कतव्य भएकाले सोही अनुरुप सुरक्षा दिएको बताउनु भयो । साथै उहाँले तराई पहाड हिमाल जहाभएपनि प्रहरीले शान्ती सुरक्षा र जनताको जिउधनको रक्षार्त कामगर्ने प्रस्ट पानुभयो ।
 
‘हामीले तराईको आन्दोलन होस वा पहाडको केही छुटाउदैनै प्रहरीको काम शान्ति सुरक्षा दिनेहो सोही अनुरुप नेपाल प्रहरी लागेको छ, हाम्रा लागि सवै नेपाली जनता समान हुन –अर्यालले भन्नु भयो । साक्षात्कारमा अर्यालले आजको प्रहरी सेवा जनता प्रति उत्तरदायी हुनुको विकल्प नभएको भन्दै जनमैत्रि सेवा प्रवाह गर्ने बताउनु भयो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी महानिरिक्षक अर्यालले अपराध प्रबिधियुक्त बन्दै गएको बताउनुभएको छ । प्रहरीे सामान्य चोरी देखी हत्या सम्मका अपराधमा प्रबिधि जोडिदै गएको बताउनुभयो ।
 
मदिरा सेवन गरेर हुने हिंसा देखी सूचना र प्रविधि सँग जोडिएर समेत अपराध हुने गरेको भन्दै त्यसलाई निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको अर्यालले बताउनुभयो । अपराध प्रविधि सँग जोडिएर हुन थालेपछि प्रहरीले पनि पश्चिम र पूर्ब क्षेत्रमा दुईवटा क्षेत्रिय विधि बिज्ञान प्रयोगशालाको स्थापना गर्न लागेको अर्यालले जानकारी दिनुभयो । समय क्रम अनुसार अपराधका तरिकाहरु पनि परिबर्तन हुदै गएको भन्दै अर्यालले त्यसलाई नियन्त्रण गर्न र नागरिकलाई सुरक्षा दिन प्रहरी तत्पर रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक अर्यालले नागरिक प्रतिको प्रहरी व्यवहारलाई पनि परिबर्तन गर्दै लैजाने जानकारी दिनुभयो ।
 
मुस्कान सहितको प्रहरी सेवामा खट्न प्रहरीलाई निर्देशन दिदै उहाँले पिडित नागरिकलाई न्याय दिन र पिडकलाई कानुनी दायरामा ल्याउन प्रहरी सधै क्रियाशिल रहेको बताउनुभयो । प्रहरीको गेटबाटै व्यवहारमा सुधार ल्याउने भन्दै उहाँले न्यायका लागि आउने नागरिकलाई न्याय दिन र पिडकलाई कार्वाही गर्न प्रहरीको स्थापना भएको बताउनुभयो । पिडितको न्यायका लागि प्रहरी पहिलो खुटकीलो भएको भन्दै अर्यालले सबै प्रहरीहरुलाई पिडिको अनुभुती हुने गरि काममा खट्न आफुले निर्देशन दिएको समेत बताउनुभयो ।
 
कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजी केशब अधिकारीले शसस्त्र द्धन्द्धको समयमा ध्वस्त भएका ७ सय ६७ वटा प्रहरी भवनहरु मध्य मध्यपश्चिम क्षेत्रमा २ सय २४ वटामा क्षति पुगेको जानकारी दिनुभयो । ती मध्य अहिले सम्म ५० वटा भवन निर्माण भैसकेको र १० वटा निर्माणाधिन अबस्था रहेको जानकारी दिनुभयो । दाङमा द्धन्द्धको समयमा २९ वटा प्रहरी भवन ध्वस्त भएकोमा अहिले सम्म ५ वटा पूनःनिर्माण भएको डिआईजी अधिकारीले जानकारी दिनुभयो ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ