arrow

चुनावी माहोलमा प्रचण्ड: 'अन्य विकल्पतिर लागे मुलुक फेरि दुर्घटनामा पर्न सक्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
prachanda-09-05.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई राजनीतिक स्थिरता दिन निर्वाचनको विकल्प नरहेको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसको स्ववियुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले निर्वाचनले मात्रै देशलाई नयाँ गति र दिशा दिने उल्लेख गरे।

उनले विशेष गरी युवा पुस्ता र ‘जेन-जी’ आन्दोलनले राजनीतिमा ल्याएको सचेतनाको प्रशंसा गरे। युवाहरू राजनीतिप्रति उदासिन छन् भन्ने भ्रमलाई पछिल्लो आन्दोलनले चिरेको बताउँदै उनले भने, “देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प अब निर्वाचन नै हो। अन्य बाटो रोजिए देश फेरि अर्को राजनीतिक दुर्घटनामा पर्न सक्छ।”

दाहालले अराजकताको सन्त्रासबाट मुलुकलाई मुक्त गर्न राजनीतिक दल, नागरिक समाज र पत्रकार सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले सबै शक्तिहरूलाई एकजुट भएर चुनावी प्रक्रियामा होमिन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन समेत आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ