माछापुच्छ्रे बैङ्क र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
667
Shares
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क लिले साइप्रस स्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ। माछापुच्छ्रे बैङ्क लिमिटेडले साइप्रस, ग्रिस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पे सँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौता पत्रमा स्मार्ट पे को तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैङ्क लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पछि युरोपेली देशमा रहेका नेपालीहरूले साइप्रस, ग्रिस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पे को सबै प्रतिनिधि कार्यालयहरू, मोबाइल एप, अनलाइन सेवाहरू मार्फत एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैङ्कका १६५ वटा शाखाहरू, शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ।
साथै, र स्मार्ट पे र एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैङ्कका खातामा तुरुन्त जम्मा हुने व्यवस्था यस बैङ्कले मिलाएको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्क लिमिटेड पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, शाखारहित बैङ्किङ सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।