निर्वाचन आयुक्त नियुक्तिका लागि तीनैजनाकाे नाम अनुमोदन
प्रकाशित २०७३ फागुन ३ मंगलबार
1.1k
Shares
काठमाडौँ । व्यवस्थापिका–संसद संसदीय विशेष समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित तीनैजना आयुक्तको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
समितिको मंगलबाको बैठकले संवैधानिक परिषद्बाट सुनुवाइका लागि सिफारिस भएका ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिर साहको नाम सुनुवाइपछि अनुमोदन गरेको हो ।
यसअघि बैठकमा प्रस्तावित आयुक्तहरुले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाधलीरहित बनाउन आफूहरुले गर्ने कार्ययोजना, सोच र अवधारणा प्रस्तुत गरेका थिए । रासस