arrow

मादुरोका छोराको अपिल: 'बुबा-आमाको अपहरण भयो, अन्तर्राष्ट्रिय समुदाय मौन नबसोस्'

आज भेनेजुएला परे भोलि अरूको पालो आउला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
maduro-son.jpg

काठमाडौँ ।  भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले आफ्ना बुबा–आमालाई अमेरिकाले पक्राउ गरेको घटनालाई ‘अपहरण’ को संज्ञा दिँदै उनीहरूको स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धताको आह्वान गरेका छन्।

 सोमबार भेनेजुएलाको राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले दुई दिनअघि क्याराकासमा अमेरिकी सेनाले गरेको सैन्य कारबाही भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको दाबी गरे। 

मादुरो गुएराले यदि राष्ट्रप्रमुखको अपहरणलाई सामान्य मान्न थालियो भने भविष्यमा कुनै पनि देश सुरक्षित नरहने र यसले अन्तर्राष्ट्रिय अराजकता निम्त्याउने चेतावनी दिए।

उनले आफ्नो परिवारमाथि लागेका लागूऔषध तस्करी र हतियारसम्बन्धी सबै अमेरिकी आरोपहरूलाई अस्वीकार गर्दै यो पूर्ण रूपमा राजनीतिक प्रतिशोध भएको बताए। यसैबीच, न्यूयोर्कस्थित संघीय अदालतमा उपस्थित भएका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले पनि आफू निर्दोष रहेको र अन्तर्राष्ट्रिय कानूनविपरीत आफ्नै निवासबाट पक्राउ गरिएको बताएका छन्। 

उनका कानून व्यवसायीहरूले यसलाई ‘सैन्य अपहरण’ भन्दै अमेरिकी अदालतको क्षेत्राधिकारमाथि नै प्रश्न उठाउने तयारी गरेका छन्। अमेरिकाले भने मादुरोविरुद्ध नार्को–आतंकवाद र गम्भीर अभियोगहरू लगाएर कठोर कानूनी कारबाही गर्ने र भेनेजुएलामा अन्तरिम सरकार स्थापना गर्ने रणनीति लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ