arrow

महासेनानीको पदावधि थप्दै सकियो बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल मात्रै

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
oli-sarkar-660x330.jpg.jpeg
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाली सेनाका तीन महासेनानीको सेवावधि थप गरेको  छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले महासेनानी दिलीपबहादुर विष्ट, दीपक घले गुरुङ र ताराध्वज पाण्डेको सेवावधि थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए । 
 
यसैगरी, बैठकले पोषण खाद्य कार्यक्रमका लागि युरोपेली सङ्घबाट प्राप्त हुने रु दुई अर्ब ५७ करोड सहयोग स्वीकार गर्ने तथा जिल्ला महिला अधिकृतलाई बालकल्याण अधिकृतको पनि जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्री राईले बैठकमा केही मन्त्रालयहरु विभाजन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि निर्णय नभएको पत्रकारलाई बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ