arrow

राष्ट्रिय सभा निर्वाचनः कांग्रेस नौ, एमाले आठ र लोसपालाई एक सिट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
min-bk-congress-23-09.jpg

काठमाडौँ । आशन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन ओटा राजनीतिक दलहरू मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । जसमा नेपाली कांग्रेसले नौ सिट, एमालेले आठ र लोसपाले एक सिट लिएको कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार नेपाली कांग्रेसले प्राप्त गरेको नौ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक कांग्रेसले लिएको छ ।

अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको बताए। बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती उनले रहेको बताए ।

उनले भने, ‘आशन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजै नोमिनेसन गर्नुपर्नेछ । अरुदलहरूसँग सहकार्य गरी निर्वाचनमा भाग लिने निर्णय थियो । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णयसँगै सिटको बाँडफाँड गरेका छौँ । नेपाली कांग्रेसको भागमा नौ सिट, एमालेमा आठ र लोसपामा एक गरी १८ सिटको बाँडफाँड भएको छ। नेपाली कांग्रेसले प्राप्त गरेको नौ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक कांग्रेसले लिएको छ । अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवान पर्नुभएको छ । बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती हुनुहुन्छ ।’

उनले नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ