arrow

शत्रूतापूर्ण बयानबाजी जारी रहे कडा जवाफ दिने इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
amir-hatami-iran.jpg

काठमाडौँ । इरानी सेनाका प्रमुख कमाण्डर अमिर हातमीले शत्रुहरूको शत्रूतापूर्ण बयानबाजी जारी रहेमा इरानले कडा जवाफ दिने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेका प्रदर्शनहरूबारे टिप्पणी गर्दै अमेरिकाले कदम चाल्न सक्ने बताएपछि इरानको यो प्रतिक्रिया आएको हो ।

इरानी विदेश मन्त्रीले यसलाई आन्तरिक मामिला बताउँदै बाह्य हस्तक्षेप अस्वीकार गरेका छन् ।

सेना प्रमुखले प्रदर्शनहरूलाई दंगामा परिणत गर्नु शत्रूहरूको योजना भएको आरोप लगाउँदै सेना पूर्ण तयारी अवस्थामा रहेको र कुनै पनि गलत कदमको निर्णायक जवाफ दिइने बताए।

उनले पश्चिमा प्रतिवन्धहरूलाई जनतालाई दुःख दिने क्रूर कदमको संज्ञा दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ