arrow

पोखरामा शुरू भयो ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
nepal-lalitkala-pragya.jpg

काठमाडौँ । पोखरामा शुक्रबारदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी शुरू भएको छ ।

सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्वाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ ।

पोखरा-९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा शुरू भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति राखिएका छन् । 

प्रदर्शनीमा ३३ जना नेपाली कलाकार तथा अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका १५ जना विदेशी कलाकार सहभागी छन् ।

सात देशका कलाकारका ७० ओटा कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । बिहान १० देखि साँझ ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने छ ।

आयोजक सिर्जनशील कलाकार समूह, पोखराका अनुसार दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि शुरू हुनेछ, जसमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारको सहभागिता रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ