arrow

काफल पाक्यो हेर्नुहोस्, बैंकक घुम्नुहोस्

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
kafal-pako.jpg.jpeg
काठमाडौं । आगामी माघ १ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘काफल पाक्यो’ हेर्ने दर्शकले बैंकक घुम्ने अवसर पाउने भएका छन् । राजधानीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक सावित्री खत्रीले दर्शकलाई मनोरञ्जनसँगै विदेश सयरको मौका दिनका लागि विशेष किसिमको अफर ल्याएको बताईन् ।

‘फिल्म हेर्न हलमा आउने दर्शकले टिकटसँगै एउटा कुपन पनि पाउनेछन्, त्यो कुपनलाई काउण्टरकै छेउमा रहेको बक्समा खसाल्नुपर्नेछ,’निर्देशक खत्रीले भनिन्, ‘फिल्म रिलिजको तेस्रो सातामा हामी लक्की ड्र गर्नेछौं, त्यसमा विजेता हुनेले तीन रात र चार दिनको बैंकक भ्रमणको अवसर पाउनेछन् ।’ उनका अनुसार एक जोडीले यो मौका पाउनेछन् ।

निर्देशक खत्रीले फिल्मले लगानीको एक भाग उठाईसकेको दाबी गरिन् । ‘हालै क्यानडामा दुई शो प्रिमियर गरेर तीन लाख, मलेशियामा चार शो गरेर १४ लाख र डीभीडी राईटबाट ७ लाख जति उठिसकेको छ,’उनले भनिन्,‘यो बाहेक पुषको तेस्रो साता च्यारिटी शो गरेर ४ लाख उठाउने योजना बनाएका छौं, त्यसका लागि टिकटको विक्री धमाधम भईरहेको छ ।’ उनले अष्ट्रेलिया, दुबई र कतारमा पनि फिल्म रिलिज हुन लागेको जनाईन् ।

फिल्मकी नायिका वर्षा राउतले मलेसियामा दर्शकले फिल्म मनपराएको बताईन् भने संगीतकार विकास चौधरीले फिल्मको सांगीतिक पाटोका बारेमा बोलेका थिए । फिल्ममा जीवन लुँइटेल, लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, बीएस राणा, उत्तम केसी र बालदीप राईको अभिनय रहेको छ भने प्रदीप भारद्वाजको लेखन, दीर्घ गुरुङ र दीपक बज्राचार्यको छायांकन, हिमाल केसीको द्वन्द्व र कविराज गहतराज तथा सबिता राजचलको नृत्य छ । सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी रहेको फिल्ममा लक्ष्मी केसी कार्यकारी निर्माता छिन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ