arrow

३०४ औँ पृथ्वी जयन्ती

आगामी निर्वाचनमा युवा र 'जेन–जी' पुस्तालाई उच्च प्राथमिकता दिन्छौँ: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
prachandasss.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले युवा र विशेष गरी 'जेन–जी' पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाउने बताए। आइतबार राजधानीमा आयोजित 'जेन–जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम' मा बोल्दै उनले समानुपातिकको बन्दसूचीदेखि प्रत्यक्षतर्फको निर्वाचनसम्म युवाहरूको बलियो उपस्थिति सुनिश्चित गरिने जानकारी दिए।

संयोजक दाहालले पार्टी निर्माण र चुनावी प्रक्रियामा युवाहरूलाई निर्णायक तहमा पुर्‍याउने कोशिस भइरहेको बताए। "हामीले अहिले समानुपातिक सूची तयार पार्दा होस् वा प्रत्यक्ष निर्वाचनमा, जेन–जी पुस्ताका युवाहरूलाई उच्च प्राथमिकता दिने निर्णय गरेका छौँ," उनले भने, "हामीले मुस्कान खातुन जस्ता युवाहरूलाई अगाडि सारेर लाखौँ नवयुवाहरूको भावनालाई सम्बोधन गर्न खोजेका हौँ।" आगामी दिनमा पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको संख्या उल्लेखनीय रूपमा बढाइने उनले स्पष्ट पारे।

सोही अवसरमा दाहालले 'जेन–जी रेडफोर्स' लाई पार्टीको आधिकारिक भ्रातृसंस्थाको मान्यता दिने घोषणासमेत गरे। उनले आफ्ना भ्रातृसंस्थाहरूलाई अब पुरानो माओवादी शैलीमा नभई 'नेपाली कम्युनिष्ट पार्टी' को नयाँ ऊर्जा र स्प्रिटमा काम गर्न निर्देशन दिए। परिवर्तनको संवाहक युवा नै भएकोले अबको राजनीति उनीहरूकै चाहनाअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिएको कुरा आयोजकले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ