arrow

महानगरपालिकालाई प्रश्नः सभागृहलाई बाँदरको हातमा नरिवल बनाउन मिल्छ?

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
city-hall-sabhagriha-ktm.jpg.jpeg
काठमाडौं। काठमाडौंमा अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्ने कुनै ठाउँ नभएपछि राष्ट्रिय सभागृहलाई सरकारले तयार गर्‍यो। सार्क शिखर सम्मेलनका लागि तयार पारिएको सभागृहलाई त्यसपछि सार्वजनिक कार्यक्रम गर्ने रोक नै लगाइयो। सभागृहको व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिकाले त्यहाँ  कार्यक्रम गर्न दिन अनिच्छा जनाउँदै आएको थियो। 
 
सभागृहको व्यवस्थापन गर्न गाह्रो होला भनेर महानगरपालिका व्यवस्थापनले सार्क शिखर सम्मेलन भएको लामो समयसम्म त्यहाँ सार्वजनिक कार्यक्रम गर्न स्थान उपलव्ध गराएन। तर कतिन्जेल रोक्न सक्थ्यो महानगरपालिकाले पनि। राम्रो कार्यक्रम गर्ने स्थानको एकातिर काठमाडौंमा अभाव छ भने अर्कातिर कार्यक्रम गर्दा पाइने रकम गुमाइहरहेको अवस्था पनि महानगरपालिकाको थियो। सायद यहि भएर महानगरपालिकाले सभागृह भाडामा लाउन थालेको छ। तर माल पाएर चाल नपाउने भने झै महानगरपालिका प्रशासन अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्ने एक मात्र सभागृहलाई फेरि उहि पुरानै शैलिमा प्रयोग गर्न उद्यत भएको देखिएको छ। 
 
महानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो एफएम सभागृहबाटै सञ्चालनमा आइरहेको छ। त्यसबाहेक महानगरपालिकाको केन्द्रिय कार्यालय र सभागृह सरसफाइ र मर्मत सम्भारका लागि अरु कर्मचारी पनि खटिएका छन्। उनीहरु नयाँ स्वरुपमा ल्याएको सभागृहलाई व्यवस्थापनमा खटिएका हुन्छन। तर उनीहरुको व्यवस्थापन भने शुरुबाटै लथालिङग देखिन थालेको छ। 
 
कार्यक्रममा आउने विशिष्ट र आगन्तुकहरुका लागि पार्किङ्को व्यवस्थापन गरिएपनि त्यो अपुग हुने कारणले अहिले त्यहाँ यसअघी बनाइएका संरचना र वगैंचाहरु विग्रन थालेका छन। यसमा महानगरपालिका प्रसासन र कार्यक्रमको बेलामा सुरक्षामा खटिनेहरुले पनि लापरवाही देखिएको छ। 
 
केहि दिनअघी राष्ट्रपति समेत सहभागि एक कार्यक्रम सभागृहमै भएको थियो। सभागृहमा भएको कार्यक्रममा मोटरसाइकल लिएर जानेहरु पार्किङ गर्ने ठाउँ देखेर त्यतिखेर छक्क परे जतिखेर उनीहरुलाई बस्न समेत निषेध गरिएको बँगैचामा पार्किङ गर्न लगाइयो। महानगरपालिकाले सूचना टाँसेर बस्न समेत नमिल्ने भनेको वँगैचामा महानगरपालिकाकै कर्मचारी र सुरक्षामा खटिएका प्रहरीले मोटरसाइकल पार्किङ गर्न लगाइरहेका थिए। 
 
महानगरपालिका कर्मचारी र सुरक्षाकर्मीले मानौ त्यहाँ न आफ्नै सूचनाको ध्यान दिइरहेका थिए न त सूचना नै नभएपनि वँगैचालाई बचाउनेतर्फ ध्यान दिएका थिए। कार्यक्रममा गएका एक सहभागि भन्दै थिए 'सभागृह फेरि वाँदरको हातमा नरिवल हुने भएछ।'
 
महानगरपालिकाका उपनिर्देशक तथा सभागृह प्रमुख सनत कुमार थापाले ठूला कार्यक्रमहरु हुने दिन सभागृह परिसरमा पार्किङमा समस्या आउँदा वगैचाँमा पार्किङ गरिएकव हुनसक्ने बताए। उनले भने ' महानगरपालिकाको केन्द्रिय कार्यालय पनि सभागृहमा नै भएको र ठूलो कार्यक्रम पनि हुँदा पार्किङ समस्या हुँदा चौरमा नै व्यवस्थापन गरिएको हुनसक्छ।' 
 
पार्किङ समस्या हुने अवस्थामा बाहिरै पार्किङ गर्न पठाउनुपर्नेमा फिल्डमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको कमजोरीले दुबोको चौरमा पार्किङ गराइएको जानकारी पछि प्राप्त गरेको थापाले स्विकारे। तर केहि महिनाभित्रै महानगरपालिकाको कार्यालय नयाँ स्थानमा सरेपछि पार्किङको समस्या हट्ने भन्दै आउँदा दिनमा यस्तो गल्ति नदोहोर्‍याउने भन्दै आश्वस्त पार्न खोजे। सार्क सम्मेलनपछि 
 
सार्क सम्मेलनका लागि तयार पारिएको सभागृहलाई अबका दिनमा कार्यक्रम गर्न दिने निर्णय समेत महानगरपालिकाले गरेको छ। सभागृहमा गर्ने कार्यक्रमका लागि मापदण्ड तयार गरिएको भन्दै थापाले राष्ट्रियस्तरका र स्तरीय कार्यक्रम गर्न मात्र भाडामा लगाउने निर्णय भएको बताए। दिनभरका लागि डेढ लाख, विहानको सिफ्टका लागि ८० हजार र साँझको सिफ्टको लागि ९० हजार रुपैयाँमा भाडा दिने निर्णय महानगरपालिकाले गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ