arrow

'सत्याकृत' समूहको फ्युजन शैलीमा नयाँ भिडियो सार्वजनिक

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
styakrit_band.png
काठमाडौ । हजुरबुबाको पालाको भजनकीर्तन र नातीको पुस्ताको ‘पप गीत’ एकैपटक जोडेर बन्ने नयाँ संगीतबाट संगीतप्रेमीहरूलाई आनन्द दिनको लागि ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  तीनै पुस्तालार्इ समेट्नेगरी एकीकृत संगीतको प्रस्तुति प्रस्तुत गरिरहेको ब्याण्डले अहिले गणेश गणनायक नामक नयाँ र ब्याण्डको पहिलो आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डले यस अघि स्टेजमा आफ्नो प्रस्तुती देखाएपनि यसरी स्टुडियोबाट भने प्रस्तुति प्रस्तुत गरेका थिएनन् । 
 
करिब ५ वर्ष अघिदेखि आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको ब्याण्ड विधिवत रूपमा भने एक वर्ष अघि मात्रै दर्ता भएको हो । 
 
छोटो समयमा नै देशका विभिन्न स्थानहरूमा पुगेर आफ्नो कौशल प्रस्तुत गरिसकेको ब्याण्डले अहिलेसम्म धरान विर्तामोड, इलाम, जनकपुर, जलेश्वर, सर्लाही, नारायणघाट, चरिकोट, खाडीचौर, पोखरा, दमौली, हुँदै भारतको दार्जिलिङसम्म आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेको सत्यकृत प्रतिष्ठानका निर्देशक विजय गौतम 'शाकल्यदेव' ले जानकारी दिए ।
 
मूलरूपमा क्लासिकल, रक, पप र लोकगीतलाई संयोजन गरी नयाँ संगीत प्रस्तुत गर्नु नै आफूहरुको मुख्य लक्ष्य रहेको निर्देशक शाकल्यदेवको भनाई थियो । 
 
प्रतिष्ठानले पूर्वीय संस्कृतिको रक्षागर्नु नै आफ्नो मूल उद्देश्य रहेको बताउँदै भजनकीर्तनलाई परम्पराबादी ढर्राबाट प्रस्तुत गर्दा हाम्रो इतिहास बोकेको भजनकीर्तन र सामवेदमा उल्लेखित कतिपय ताल र बाजाहरुको समेत लोप भईसकेकोले यस्ता लोपोन्मूख संगीतहरुको रक्षागर्न आफूहरु प्रयासरत रहेको जनाएको छ । 
 
ब्याण्डमा अहिले मादल, सितार, तवला, गितार, हार्मोनियम, पियानो, ड्रमसेट, सारंगी लगायतका बाजाहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ