arrow

'पाठ्यपुस्तक छपाइमा जनकले नसकेको जिम्मेवारी साझालाई दिइने'

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
Janak-Shikshya.jpeg
काठमाडौँ। शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताउनुभएको छ । 
 
आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उहाँले राज्यकै अर्काे निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताउनुभयो । 
 
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस् भन्नेतर्फ सरकार गम्भीर भएको बताउँदै पाठ्यपुस्तकको मूल्य समायोजन र क्षेत्रीयस्तरमा मुद्रणको प्रबन्धबारे गुरुयोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिनुभयो । 
 
आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले करिब ६० प्रतिशत मात्र उत्पादन गरेको छ । कक्षा १ देखि ५ सम्मको मुद्रण र वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । 
 
महासङ्घका अध्यक्ष हरि अर्यालले आफूहरुले जनक शिक्षासँग विगत वर्षको करिब रु दुई करोड बराबरको ढुवानी खर्च लिन बाँकीरहेको गुनासोसहित मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ