arrow

मुस्ताङमा सबैभन्दा कम चार उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
mustang-map.jpg

काठमाडौँ ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार १६५ सिटका लागि देशभरबाट कुल तीन हजार ४८६ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धाका लागि आफ्नो मनोनयनपत्र दर्ता गराएका छन्। 

उम्मेदवारी दिनेहरूमा तीन हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रोलिङ्गी रहेका छन्। हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा कम चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन भएलगत्तै सोही दिन अपराह्न ४ः०० बजेदेखि उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। मनोनयन दर्तासँगै देशभर चुनावी सरगर्मी बढेको छ भने आयोगले आज माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ